बुटवल पावर कम्पनीले गर्यो एफपिओको मूल्य निर्धारण, हेर्नुस कति तोकियो प्रिमियम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 27, 2017 | 02:31:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको नयाँ शेयर (फर्दर पब्लिक अफर) एफपिओको मूल्य निर्धारण गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३७० रुपैयाँ प्रिमियम मूल्य थप गरि प्रति कित्ता ४७० रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताब गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

कम्पनीले प्रस्तावित मूल्य प्रक्षेपित मात्र भएको भन्दै २० प्रतिशतले मूल्य विचलन भएमा सो को कारण समेत सार्वजनिक गर्ने प्रतिबद्दता समेत जाहेर गरेको छ । कम्पनीको गत असार २७ गते सम्पन्न साधारणसभाले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशनका गर्ने प्रस्ताव पारित गरेको थियो । 

कम्पनीले एफपिओबाट संकल गरिएको रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर र ३० मेगावाटको न्गादी हाइड्रोमा प्रयोग गर्ने बताएको छ। काबेली ए मा कम्पनीको ५४ प्रतिशत स्वामित्व र न्गादी हाइड्रोमा ९७ प्रतिशत स्वामित्व छ । 

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड खुद नाफा गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी डेढ अर्ब रहेको छ एफपिओ निर्धारणपछि चुक्ता पुंजी २ अर्ब २१ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved