५ वर्षका लागि इन्धन सम्झौता नवीकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 28, 2017 | 08:11:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ । आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा आज नयाँदिल्लीमा उक्त नवीकरण सम्झौता भएको हो ।

आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठका अनुसार नवीकरण सम्झौतानुसार अब नेपाललाई मागेजति इन्धन भारतीय आयल कर्पोरेसन (आइओसी)ले उपलब्ध गराउनेछ ।

नेपाललाई उपलब्ध गराइने इन्धन हालको तुलनामा नेपाल–भारतसीमा सुनौली र वीरगन्ज क्षेत्रबाट नजिक सुविधासम्पन्न र ठूला डिपो राखिने र त्यसबाट नेपाललाई वार्षिक रुपमा रु एक अर्बभन्दा बढी रकम बचत हुने उहाँले जानकारी दिए ।

भारतबाट नेपाललाई इन्धन उपलब्ध गराएबापत प्राप्त गर्ने नाफाको सीमा शून्य दशमलव पाँच प्रतिशत घटाउन मन्जुर गरिएको छ । त्यसबाट नेपालमा ल्याइने इन्धन आपूर्तिको लागत अहिलेको तुलनामा कम हुनेछ । नेपाल र भारतबीच इन्धन आयात गर्ने सम्बन्धमा सहमतिमा पुग्न अप्ठ्यारो भएमा तेस्रो पक्षको मध्यस्थतालाई स्वीकार गरिने विषय पनि सम्झौतामा परेको उल्लेख छ ।

नेपालले भारतसँग वार्षिक रुपमा रु एक खर्बभन्दा बढी मूल्यको इन्धन आयात गर्दै आएको छ । नेपाल र भारतबीच रक्सौलदेखि अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपमार्फत उपलब्ध गराउने सहमति भएअनुरुप काम अघि बढिरहेको छ । इन्धनसम्बन्धी सहमतिका लागि नेपाल आयल निगमको टोली आइतबार नयाँ दिल्ली पुगेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved