राजपाका कार्यकर्ता प्रहरी नियन्त्रणमा

रासस

रासस

Jun 16, 2017 | 07:49:54 PM मा प्रकाशित

laxmi  sunrise bank

 विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका राष्ट्रिय जनता पार्टीका १४ जना कार्यकर्तालाई आज पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा सो पार्टीका जिल्ला संयोजक मोहम्मद कादिर, केन्द्रीय सचिव जगदीश अधिकारीका साथै केन्द्रीय सदस्य चन्द्रप्रसाद राजवंशी, राजीव केसीलगायत छन् । 

सो पार्टीका कार्यकर्ताले पूर्वनिर्धारित कार्यक्रमअनुसार क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न जाँदा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई यतिखेर वडा प्रहरी कार्यालयमा राखिएको सो पार्टीले जनाएको छ । रासस 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved