आगलागीबाट सात घर जलेर नष्ट

रासस

रासस

Jun 19, 2017 | 09:17:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मुगुको सोरु गाउँपालिका–८ गिलाह गाउँमा आज आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् ।आगलागीबाट स्थानीय दानबहादुर शाही, जयबहादुर शाही, कालीबहादुर बम, नाना रावल, रङ्गेश्वर रोका, नैनसिंह रावल र सुकवीर रावलको घर जलेर नष्ट भएको पीडित दानबहादुरका छोरा गणेशबहादुरले बताए । आगलागीबाट कालीबहादुरको एउटा गाई जलेर मरेको छ भने जयबहादुरको घरमा पसल गर्ने निमबहादुर बमको पसल जलेर नष्ट भएको छ । 

वडा नं ८ का नवनिर्वाचित वडाध्यक्ष जनक रावलको घरबाट आगलागी सुरु भएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved