कतारमा कार्यरत नेपाली कामदारको सुरक्षाबारे श्रममन्त्री मंसुर र कतारका राजदुतविच छलफल

रासस

रासस

Jun 20, 2017 | 06:14:26 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुर र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा मन्त्री मंसुरले कतारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारणबाट उत्पन्न हुनसक्ने सम्भाव्य असहज परिस्थितिबाट कतारमा कार्यरत रहेका नेपालीमा पर्ने असरबारे चासो व्यक्त गरे । मन्त्री मंसुरले हाल कतारमा कार्यरत नेपाली कामदारको अवस्था के कस्तो रहेको तथा कुनै समस्या पर्ने हो कि भनी ध्यानाकर्षण गराएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

जवाफमा राजदूत हेलले कतारमा अहिले जनजीवन विगतमा झैँ सामान्य रहेको बताउँदै कतारमा रहेका नेपाली कामदार कुनै अप्ठेरोमा नपर्ने कुरामा निश्चिन्त रहन आग्रह गरेका थिए । कतारमा रहेका सबैलाई कुनै समस्या वा अप्ठेरोमा पर्न नदिन कतारी सरकारबाट हर सम्भव प्रयास भइरहेको उहाँले जानकारी दिएका छन् ।  राजदूत हेलले कतारमा रहेको नेपालीले भोग्नुपरेको समस्याका बारेमा छलफल गरी आवश्यक कदम चाल्न दुई देशबीच भएको श्रम सम्झौता अन्तर्गतको प्राविधिक समितिको बैठकमा आवश्यक छलफल गरी समाधान गर्न सकिने बताए। 

भेटमा मन्त्री मंसुरले कतारमा उत्पन्न कूटनीतिक सङ्कटको समाधान कूटनीतिक एवम् शान्तिपुर्ण तवरबाटै होस् भन्ने शुभेच्छा व्यक्त गरे । रासस 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved