असोज ७ देखि नेपाल चेम्बर एक्स्पो , २७० स्टल रहने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2016 | 07:18:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शले नेपाल चेम्बर एक्स्पो आयोजना गर्ने भएको छ । वाणिज्य मन्त्रालय र नेपाल व्यापार तथा निकासी प्रबर्दन केन्द्रको सहकार्यमा चेम्बरले असोज ७ देखि ११ गतेसम्म राजधानीको भिर्कुटि मण्डपमा सो एक्स्पो गर्न लागेको जनाएको छ।   

नेपाली उत्पादनको बजारीकरण  तथा अन्तराष्ट्रिय व्यापारिक समुदायलाई नेपाली उत्पादनप्रति प्रत्यक्ष सहभागी गराउन आयोजना गर्न लागिएको उक्त एक्स्पोको मुख्य प्रायोजनमा जापानको प्रख्यात कम्पनि माउन्ट फुजी स्प्रिन्ग्स रहेको छ।  

एक्स्पोमा देश तथा विदेशका गरी २७० वटा स्टलहरु रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। जसमा हस्तकला, कृषि, खाद्य, फर्निचर, पोशाक निर्माण सामग्री, छाला जन्य वस्तु तथा विभिन्न नेपाली उत्पादनका सामग्रीका साथै अटोमोबाइल विधुतीय सामग्री, होम अपलाइन्स होम डेकोर सौन्दर्य सामग्री, मोबाइल लगायतका स्टल रहने बताइएको छ।
  
भुकम्प र नाकाबन्दीका कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाई आर्थिक वातावरणको विकास गर्ने र नेपाली उत्पादनको बजारीकरण गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved