६ दिन पछि घट्यो सुनको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 22, 2016 | 09:04:03 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य  घटेको छ । आइतबार  प्रति तोला  ५९ हजार ३ सयमा कारोबार भएको छापावाल सुन तोलामा ३ सयले घटेर प्रति तोला ५९ हजारमा   कारोबार भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार  ७ सय ५० मा कारोबार भईरहेको छ । श्रावण ३२ देखि स्थिर रहेको सुनको मूल्यमा ६ दिन पछि आज गिरावट आएको हो ।  चाँदी प्रति तोला ८  सय ६०  रुपियाँमा कारोबार भई रहेको छ ।  आइतबारको तुलनामा यो २० रुपियाँले घटी हो  ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज सोमबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५    सय ८५   तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ३ सय ७० मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७     रुपियाँ ५० पैसा  रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved