चुरोट सित्तैमा दिए १० हजार जरिबाना !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 07:50:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चुरोट सित्तैमा दिंदा वा उपहारको रुपमा वितरण गर्दा जरिवाना तिर्नुपर्ने भएको छ। लामो समयको छलफलपछि आइतबारको गण्डकी प्रदेश सभाको बैठकले ‘सूर्ती तथा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको हो। 

बिधेयकमा चुरोट सित्तैमा दिँदा वा उपहारको रुपमा वितरण गर्दा १० हजार रुपैयाँ जरिबाना तिर्नुपर्ने व्यवस्था छ। चुरोटमात्रै नभई सूर्तिजन्य पदार्थ अन्तर्गत पर्ने बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, जर्दा, गुट्खा, सूर्ति वा सूर्तिजन्य पदार्थ कसैले पनि वितरण गर्न वा उपहार दिन पाउने छैन । यतिमात्र नभई फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न पनि पाइनेछैन ।    

बिज्ञापन गरे १ लाख जरिबाना 

कुनैपनि माध्यमबाट चुरोट सुर्तीको बिज्ञापन गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिबाना हुनेछ । विधेयकको दफा १० मा सूर्तीजन्य पदार्थको उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा विभिन्न सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट यसको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने व्यवस्था छ। 

उमेरको यकिन गर्ने प्रमाण 

१८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न पाइने छैन । विक्रेताले उमेरको बारेमा यकिन हुन प्रमाण समेत माग्न पाउने व्यवस्था विधेयकमा छ।

सार्वजनिक स्थलभन्दा एक सय मिटरभित्र बिक्रि वितरण रोक

नेपाल सरकार तथा प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरि तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन । दफा ११ (३) को यो व्यवस्था उल्लंघन गरे १० हजार रुपैयाँसम्म जरिबाना हुनेछ । शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, जेष्ठ नागरिक केन्द्र, पुनःस्थापना केन्द्र, अनाथालय समेत सार्वजनिक स्थलमा पर्दछन।  

९० प्रतिशत चेतावनीमूलक विज्ञापन अनिवार्य

सुर्तीजन्य पदार्थमा प्रदेश भित्रिने वा प्रदेशभित्र उत्पादन हुने सूर्तीजन्य पदार्थको बाहिरी आवरणमा ‘स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने चेतावनीमूलक सन्देश राख्नुपर्ने भएको छ । संघीय ऐनले सूर्तीजन्य पदार्थको कम्तीमा ७५ प्रतिशत भाग चेतावनीमूलक सन्देश नेपाली भाषामा लेख्नुपर्ने व्यवस्था छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved