नेकपाले टुंगो लगायो ७७ जिल्ला कमिटी अध्यक्ष र सचिव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 07:59:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले देशभरका सबै जिल्ला कमिटि अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ साढे ६ बजेपछि बैठक सुरु भएको हो । राजकीय, सांसद्, राजनीतिक नियुक्तिमा भएकाले पनि जिल्ला अध्यक्ष बन्न पाउने नीतिगत सहमतिपछि नेकपाको गतिरोध किनारा लागेको हो। 

एमाले र माओवादी केन्द्रबीच ४५ र ३२ जिल्ला भागवण्डा गर्ने सहमति भएको स्रोतको भनाई छ। दुवैले साविककै अध्यक्षलाई जिम्मेवारी दिनेगरी एकता टुंग्याउने सहमति भएको बताइएको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved