नेकपा काभ्रेमा महिला नेतृत्व, को बने अध्यक्ष र सचिव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 08:50:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले देशभरका सबै जिल्ला कमिटि अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष र सचिवको नामावलि भने आज सार्वजनिक गरिने नेकपाले जनाएको छ ।

यसै बीच नेकपा काभ्रेको जिल्ला अध्यक्षमा रुकु चौलागाईं र सचिवमा टोक बहादुर वाइवाले जिम्मेवारी पाएका छन् । नेकपा केन्द्रीय सदस्य  एवम संचार गोकुल बास्कोटाले यसको पुष्टि गरेका छन्। यस अघि पुर्व माओबादीबाट सूर्यमान दोङ लालध्वज अध्यक्ष र पूर्व एमालेबाट नारायण पाण्डे सचिवका रुपमा सिफारिस भएका थिए । तर दुबैको नाम हटेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved