संसद्को बजेट अधिबेशन बैशाख १६ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 09:11:08 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेबाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख १६ गतेको लागि संघीय संसदको दुवै सदनको अधिबेशन आह्वान गरेकी हुन्  । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिबेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।


बजेट अधिबेशनको पहिलो बैठक १६ गते दिउँसो ४ बजे बस्ने छ । यसै अधिबेशनमा बजेट पेश हुनुअघि प्रि बजेट छलफल हुनेछ। साथै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने छिन  । आगामी जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्षा ७६/७७ को बजेट पेश गर्ने छन। डा खतिवडाले पेश गर्ने यो दोस्रो बजेट हुनेछ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved