निर्मला हत्या प्रकरणमा प्रहरीलाई कारबाही गर्दापनि जस पाइनः महानिरीक्षक खनाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 04:03:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रशानले काम नगरेको आरोप लाग्नु दुखद भएको बताएका छन् । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा छानविन गर्ने क्रममा कमजोरी गर्ने प्रहरीलाई कारबाही गर्दा पनि आफूले जस नपाएको गुनासो गरे । 

आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले निर्मला पन्तको काण्डमा अनुसन्धान भइरहेको बताए । 

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिईएको जानकारी दिए । उनले हत्या र यौन शोषणको आरोप लागेका लिटिल बुद्ध भनिने रामबहादुर बञ्जनविरुद्ध प्रणाण नपुगेकाले कारबाही नभएको जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved