भिमेश्वरमा शहरी खानेपानी कार्यक्रम सुरु, ४ हजार घरधुरी लाभान्वित हुने

दिलिप खड्का

दिलिप खड्का

Apr 23, 2019 | 01:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको भिमेश्वर नगरपालिकामा शहरी खानेपानी कार्यक्रम सुरु भएको छ । खानेपानी तथा ढल निकास विभागले एशियाली विकास बैँकको अनुदान सहयोगमा देशका ५ नगरमा सुरु गरेको कार्यक्रम भिमेश्वरमा पनि सुरु भएको हो । 

गत चैत्रमा नगर विकास कोष, भिमेश्वर नगरपालिका र चरिकोट खानेपानि उपभोक्त तथा सरसफाइ समितिबीच सहमति भएसँगै आयोजनाको काम सुरु भएको हो । ७१ करोड ८२ लाख ३५ हजार लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य भईरहेको छ । 

सहमति अनुसार कुल लागतको २५ प्रतिशतले हुन आउने १७ करोड ९५ लाख ५८ हजार ७ सय ५० रुपैयाँ नगर बिकास कोषले उपभोक्ता समितिलाइ ऋण स्वरुप उपलब्ध गराउनेछ । नगर विकास कोषले उपलब्ध गराएको ऋण ५ प्रतिशत ब्याजदरमा उपभोक्ता समितिले २० बर्ष भित्र तिरिसक्नुपर्नेछ । बाँकि ७० प्रतिशत रकम सरकारले उपलब्ध गराउनेछ । ५ प्रतिशत रकम उपभोक्ता समितिले उपलब्ध गराउनुपर्नेछ । आयोजना सम्पन्न भएपछि प्रत्येक उपभोक्ताको घरघरमा दैनिक २४ घण्टा नै पानी उपलब्ध हुने धारा बन्नेछ ।  आयोजना ५ वर्षमा सम्पन्न भईसक्ने लक्ष्य लिईएको छ ।

आयोजनाबाट भिमेश्वर नगरपालिकाको वडा नम्बर १ देखि १० र वडा नम्बर १२ र १३ का गरी ३ हजार ८ सय ४२ घरधुरी लाभान्वित हुनेछन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved