मार्सी धान जोगाउन डिपिआर तयार

रासस

रासस

Apr 24, 2019 | 03:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मार्सी धान जोगाउनको लागि  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गर्न थालिएको छ ।  

जुम्लाको पातारासि गाउँपालिकाको छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनको लागि गाउपालिकाले डिपिआर तयार गर्न लागेको हो । छुमचौर क्षेत्र धान फल्ने विश्वमै अग्लो ठाउँ हो । 

कालिमार्सीको गुनस्तर, उत्पादन, परिणाम तथा उत्पादकत्व बढाउन र यसको संरक्षण गर्न गाउँपालिकाले गुरुयोजना निर्माणका लागि डिपिआरको काम अगाडि बढाएको छ । मार्सीसहित कृषि पर्यटनको नमुना गाउँपालिका बनाउने लक्ष्य रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।

बेलाबेलामा मार्सी धानको चर्चा भैरहेपनि यसले बजार पाउन सकेको छैन । मार्सी धान लोप हुनबाट बचाउनको लागि सिँचाइकुलो ब्यबस्थित गर्ने लगायतका अन्य ब्यबस्थापनको पाटोमा स्थानियबासिले जोड दिएका छन् । 

ज्ुम्लामा ६ हजार ९० हेक्टर क्षेत्रफलमा  लगायको धानबालिबाट आर्थिक वर्ष २०७३÷०७४ मा ९०० मेट्रीक टन धान उत्पादन भएको थियो । कालोमार्सी धान जोगाउनको लागि किसानले  बिमा गर्न थालेका छन । मार्सी चामलको माग बढ्दै गएपनि खेतीमा धेरै दुख गनुपर्ने कारण किसानको रुचि घट्दै गएको एक स्थानिय किसान बताउछन ।

अहिले मार्सी हुने खेतमा पनि उन्नत किसिमको धान लगाउन सुरु गरियको छ । मार्सी धाननै लोप हुने जोखिम बढेकोले सुरक्षा बिमा सुबिधा ल्याएको शिखर इन्स्योरेन्स कम्पनिले जनाएको छ । 

यतिबेला जुम्लाका अधिकांम्स किसानले मार्सि धानको ब्याड राखिसकेका छन । पहिलोपटक जिल्लामा धानखेतिको लागि अभियाननै सन्चालन गरिएको छ । जिल्लाको सातवटै गाउँपालिका र नगरपालिकामा मार्सी धानको खेति हुन्छ । 

किसानकै आग्रहमा मार्सी धानको बीमा गरिएको शिखर इन्स्योरेन्सका ऋषिराम पाण्डेले बताउनुभयो । सुरक्षा बिमापछि धान खेतिको लागि किसानहरु उत्साहित भएका छन । 

रोग, असिना, खडेरी, धान झर्नेजस्ता समस्याले घाटा बेहोर्नुपर्ने चिन्ताको लागि किसानले मार्सीको बिमा गर्दा राम्रो हुने कृषि ज्ञान केन्द्रका प्रमुख डा तपेन्द्र शाहले बताए  । 

 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved