दक्षिण एसियाकै ठुलो गुफामा गाउँपालिकाको बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 04:47:03 PM मा प्रकाशित

laxmi  sunrise bank

तनहुँ बन्दीपुर गाउँपालिकाले  कार्यपालिकाको बैठक सिद्धगुफाभित्र सम्पन्न गरेको छ । पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक बसेको हो । 

बन्दीपुर गाउँपालिका ५ विमलनगरमा रहेको उक्त गुफालाइ दक्षिण एसियाकै ठुला दाबी गरिएको छ ।  सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित कार्यपालिकाको बैठक गुफाभित्र बसेको गाउपालिका प्रमुख पुर्णसिं थापाले बताए । 

तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्दछ । विसं २०४४ चैत १३ गते स्थानीय बासीले  पहिलोपटक यो गुफा पत्ता लगाएका थिए । यस गुफालाई तीन हजार ५०० वर्ष पुरानो मानिएको छ । 

गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाको पैसा, माटोबाट बनेको टुक्रीको पानीको घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा र टेराकोटाको शुल्पा र सानो थाल आदि १६ र १७ औँ शताब्दी अघिको अनुमान गरिएको छ । 

गुफा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved