४ बर्षमा ४५ हजार बढी परकम्प, पश्चिम नेपालमा ठुलो भूकम्पको खतरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 08:40:04 AM मा प्रकाशित

laxmi  sunrise bank

 २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको आज ठ्याक्कै ४ बर्ष पुगेको छ ।  यस ४ बर्षको अवधिमा ४५ हजार भन्दा बढी परकम्प महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  । ति मध्ये चार रेक्टर स्केलभन्दा माथिका जम्मा ५२० वटा परकम्पन थिए  ।

केन्द्रका अनुसार ठूला भूकम्प गएपछि त्यस क्षेत्रमा साना भूकम्प जाने गर्छन् । गोरखा भूकम्प गएपछि पराकम्पन आउने क्रम तीन गुणाले वृद्धि भएको छ । मापन केन्द्रका भूकम्पविद चिन्तन  तिम्सिनाका अनुसार कुनै क्षेत्रमा ठूलो भूकम्प गएपछि त्यहाँ जम्मा भएको शक्तिलाई निस्क्रिय हुन्छ । फेरि त्यो शक्ति सञ्चय हुन लामो समय लाग्छ । हिमालय क्षेत्रमा आठ रेक्टर स्केल भन्दा ठूलो भूकम्प गयो भने त्यही आकारको अर्को ठूलो भूकम्प जान सात–आठ सय वर्ष लाग्छ । उनका अनुसार गोरखा भूकम्प गएकै क्षेत्रमा सन् १८३३ मा करिब ७.८ रेक्टरको भूकम्प गएको र १७० वर्षको अवधिमा फेरि दोहोरिएर आएको हो  । 

 भूकम्प जानुभन्दा अगाडि नै भूकम्प जाँदैछ भनेर भविष्यवाणी गर्न सक्ने प्रविधि छैन । शक्ति सञ्चय भइरहेको छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ तर भूकम्प कहिले जाँदैछ भनेर पत्ता लगाउन भने सक्ने स्थिति छैन । केन्द्रका अनुसार गोरखा, सिन्धुपाल्चोक आसपासको क्षेत्रमा नै आठ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावनाचाहिँ कमै छ । 

तर नेपालको पश्चिम क्षेत्रमा भूकम्पको जोखिम उच्च रहेको भूकम्पविद बताउछन् ।  पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प भएको छैन । कति वर्षपछि फेरि अर्को भूकम्प जान्छ भनेर भन्न सक्ने तथ्याङ्क छैन । विभिन्न अध्ययनका अनुसार, पश्चिम नेपालमा धेरै शक्ति सञ्चय भएको छ र यस क्षेत्रमा ठुलो भूकम्प जाने सम्भावना छ । भूकम्पविद तिम्सिनाका अनुसार काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रमा पनि लामो समयदेखि शक्ति सञ्चय भइराखेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved