रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्री गागरिनको शालिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 01:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौ महानगरपालिकाले रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको शालिक अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको हो । 

महानगरका मेयर विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गरेका हुन् । मेयर शाक्यले शङ्खपार्क मनोरञ्जनका लागि मात्रै नभई अध्ययनका लागि पनि उपयुक्त ठाउँ भएको बताउँदै रसियासँग नेपालको कुटनीतिक सम्बन्धबाट आपसी सिकाइ आदानप्रदान भइरहेको बताए । मेयर शाक्यले २७ वर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ वर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा सशक्तिकरणको उदाहरण भएको बताए । 

बृहत्तर विकासका लागि रसिया नेपाललाई प्रविधिमा सहयोग गर्न तत्पर रहेको भन्दै अन्तरिक्ष यात्री भिक्टोरले एकीकृत विकासमा यस्तो सहयोग उपयोगी हुने बताए । साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घेरेको पृथ्वी र त्यसको छेउमा ठड्याइएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ । त्यस संरचना तयार पार्न झण्डै ३ लाख १५ हजार रूपैयाँ लागेको बताइएको छ ।

पहिलो अन्तरिक्ष यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरिक्षको यात्रा गरेका थिए । त्यस यात्राका क्रममा उनले १०८ मिनेट पृथ्वीको परिक्रमा गरे । सन् १९३४ मार्च ९ मा रसियामा जन्मिएका गागरिनको सन् १९६८ मार्च २७ तारिखका दिन मृत्यु भएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved