सरकारले कतारका राजदूतलाई फिर्ता बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 06:44:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए  ।राजदुत फिर्ता बोलाउने अधिकार सरकारलाई भएकाले सोही अनुसारको निर्णय गरिएको मन्त्री बास्कोटाले बताए  ।

राजदुत कोइरालालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले कतारका लागि नेपाली राजदुतमा नियुक्त गरेको थियो ।  

त्यस्तै सरकारले बारा र पर्सामा आएको बिनासकारी हावाहुरीबाट प्रभावितको घर पुननिर्माणको लागि रकम छुट्याएको छ। वैशाख ०५ गते र १० गते  बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरीको घर पुननिर्माणको लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। 

विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले उपलब्ध गराउने करिब २ अर्व ६५ करोड ७७ लाख अमेरेकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा अप्रिल २२, २०१९ मा काठमाडौंमा हुने वार्तामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी विकास सहायता नीति, २०७१ बमोजिम विश्व बैङ्कसँग वार्ता गर्न अख्तियारी दिएको छ।

भैरहवा-लुम्बिनी-तौलिहवा सडक योजना भैरहवा-रूपन्देहीअर्न्तगत तौलिहवा नगरपालिका- १ स्थित जमुवार खोलामा नयाँ वक्स कल्भर्ट निर्माण हुने जग्गाको सीमाभित्र परेका जग्गामा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना (पश्चिम खण्ड) नुवाकोटअर्न्तगत देउडी-कटुन्जे सडकमा पर्ने कागुणे खोला पुलको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने बारा जिल्लास्थित हुलाकी राजमार्गअन्तर्गत मानमत-कलैया-मटिअर्वा सडकको कलैया बजारखण्डको बस्ती क्षेत्रको सडक विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको छ। 

यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु :  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved