लगानीको लागि सरकारले खोलेको ढोकामा खिया लाग्यो : मन्त्री यादव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 02:11:52 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगन्त्री मात्रिका यादवले मुलुकमा भ्रष्टाचार ब्याप्त रहेको बताएका छन् । उद्योग विभागले सुरु गरेको एकल विन्दु सेवाको उद्घाटन गर्दै मन्त्री यादवले पहिले टेबल मुनी हुने सेटलमेन्ट अहिले परिवर्तन भएर कार्यलय बाहिर हुन्छ । मन्त्री यादवले भने ‘तर मुलुकमा भ्रष्टाचारमा कुनै परिवर्तन भएको छैन।’ कर्मचारिमा हामी शासक होइन सेवक हौं भन्ने भावना जागृत नभएसम्म भ्रटाचार कम नहुने उनले बताए । 

भ्रष्टाचार बढ्नुुमा कर्मचारी मात्र दोसी नरहेको भन्दै कागजपत्र पुरा नगरी लेनदेनको आधारमा काम गराउँछु भन्ने मान्यता सेवाग्राहीले पनि अन्य गर्नुपर्ने मन्त्री यादवले उल्लेख गरे । कागजपत्र पुरा गरेर काम गराउन बानी बसाल्ने हो भने भ्रष्टाचार त्यतिकै कम हुने उनदले बताए । आफु आफ्नो काम फेयर गर्दै चियापानले काम गर्ने र गराउने परिपाटीको अन्त्य गर्न मन्त्री यादवले सबैलाई आग्रह गरे । 

प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार सहन्न र भ्रष्टाचारीको मुख हेर्दिन भन्नुहुन्छ, मन्त्री यादवले भने ‘प्रधानमन्त्रीले त्यसो भन्ने तर काम गर्नेले आफुलाई परिवर्तन नगर्ने हो भने मुलुक अगाडी बढ्दैन ।’ उनले भने ‘अहिले सरकारले विकासको लागि ढोका खोलेको तर त्यसमा खिया लागिरहेको छ । त्यो खिया सरकारले हटाउने प्रयास गरिरहेको छ ।’ 

सरकारले लगानीकर्ताको सहजीकरणको लागि एक विन्दु सेवा केन्द्र सुरु गरेको भन्दै अब फाइहरुको चाङ लागेर नबस्ने र एकदुई दिनमा नै काम पुरा हुनेमा विश्वस्त हुन आग्रह गरे । लगानी सम्मेलनले नेपालमा लगानीको वतावराण बनेको सन्देश विदेशी लगानीकर्तामा गएको भन्दै बाँकी रहेका समस्या पनि क्रमिक रुपमा सुधार हुँदै जान्छ । यसमा सञ्चार माध्यमको ठुलो भुमिका हुने भन्दै मन्त्री यादवले सकारात्मक कुराहरुलाई  प्राथमिकता दिन सञ्चार माध्यमलाई आग्रह गरे । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved