‘विप्लवलाई सोध्न चाहन्छु, माग के हो ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 03:25:08 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधी तत्वहरु सक्रिय रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १९औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताए ।

‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?’ ओलीले भने । प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै भने, ‘अब के चाहियो ?’ उनले भने । नेत्र बिक्रम चन्द (विप्लव) समूहको उद्देश्य पैसा उठाउने बाहेक अरु नभएको प्रधानमन्त्रीको दाबी छ । 

प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने समेत बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved