अनलाइन पत्रकारिता पुरस्कार माधव निर्दोषलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 01:07:23 PM मा प्रकाशित

laxmi  sunrise bank

यो बर्षको राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कारबाट पत्रकार माधव निर्दोष पुरस्कृत भएका छन् । राष्ट्रिय अनलाईन पत्रकार संघको तेस्रो बार्षिकोत्सवको अबसरमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले उक्त पुरस्कार वितरण गरे । हरेक बर्ष एकजना पत्रकारलाई वितरण गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । 

बैंकिङ क्षेत्रको छुट्टै विटमा पत्रकारिताको सुरुवात गरेका निर्दोष आर्थिक पत्रकारितामा सक्रिय व्यक्तित्व हुन् । उनी मिडिया इनटरनेसनलको अध्यक्ष, बैंकिङ खबर डटकमका प्रधान सम्पादक, तथा रेडियो भ्वाइस अफ नेपालका कार्यकारी निर्देशक एवं वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक समेत छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि समेत रहेका निर्दोषसँग १५ बर्ष लामो पत्रकारिताको अनुभव छ । आर्थिक पत्रकारितामा क्रियाशील उनी वित्तीय साक्षरता र बैंकिङ तथा बीमा जारणका अभियनतासमेत हुन् । 

कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अनलाईन पत्रकारिताको संख्या बढेको भन्दै संख्याको बृद्धिसँगै गुणात्मक बृद्धि गर्नुपर्ने खाँचो औल्याए । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved