जग्गा जाँचबुझ आयोगका अध्यक्षको आग्रह, ‘काममा राजनीतिक हस्तक्षेप नहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 01:22:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी, सार्वजनिक तथा गुठीको जग्गा जाँचबुझ आयोगका अध्यक्ष मोहनरमण भट्टराईले स्वतन्त्र भएर काम गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । आयोगका पदाधिकारीलाई शपथ ग्रहण गराउँदै उनले आफूहरु स्वतन्त्र भएर काम गर्न चाहाने भन्दै ‘राजनीतिक दलका नेताले हस्तक्षेप नगरीदिनु होला’ भने ।

अध्यक्ष भट्टराईले आयोगको काम कारवाही गोप्य हुने बताएका छन् । उनले पत्रकारहरुलाई पनि धेरै नकोट्याउन आग्रह गरे ।

अध्यक्ष भट्टराईले बुधबारै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट सपथ ग्रहण गरेको हुन् । उनले सदस्यहरु जानकी बल्लभ अधिकारी, जगतबहादुर देउजा र दुर्गा दाहाललाई सपथ ग्रहण गराए ।

आयोगले सरकारी, सार्वजनिक अतिक्रमणको खोजबिन गर्ने, गुठीको जग्गाको छानबिन, सरकारी, सार्वजनिक तथा गुठीको जग्गाको अभिलेख संरक्षण गर्न सुझाव दिने र जग्गा हिनामिनाको छानविन र कारवाहीको सिफारिस गर्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved