काभ्रेको ४ स्थानमा बम फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 06:33:50 AM मा प्रकाशित

laxmi  sunrise bank नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार घोषणा गरेको  नेपाल बन्दको क्रममा काभ्रेको विभिन्न स्थानमा बम फेला परेको छ । काभ्रेको धुलिखेल, बनेपा , पनौती , खोपासी लगायतका स्थानमा  बम फेला परेको हो ।

धुलिखेल नगरपालिकास्थित हस्पिटल चोक, पनौती नगरपालिको खोपासी जाने बाटो र पनौती बसपार्क चोकमा बम फेला परेको स्थानीयले बताएका छन् ।  नेपाली सेनाले सबै स्थानको बम डिस्पोज गरिसकेको छ । बन्दको प्रभाव काभ्रेमा पनि परेको छ । पसलहरु खुले पनि सवारीसाधन कम चलेका छन् ।

 प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved