‘पत्रकारको समाचार लेख्ने ढंग छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 10:56:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तराष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आईफा) का लागि सरकारले बजेट नछ्ट्याएको प्रष्ट पारेका छन् । उनले उक्त अवार्ड कार्यक्रम नेपालमा गर्न दिने निर्णय भएपनि बजेट भने नछुट्याइएको स्पष्ट पारेका हुन् । 

चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले आईफाले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । उनले आईफा अवार्ड नेपालमा हुँदा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारमा सहयोग पुग्ने पनि दाबी गरे । 

पत्रकार तथा सञ्चारकर्मीप्रति कडा रुपमा प्रस्तुत हुँदै बास्कोटाले निकै आलोचना गरे । ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले बोलेको कुरा आफैं रेकर्ड राख्नुपर्ने भयो’ उनले भने, ‘पत्रकारको समाचार लेख्ने ढंग नै छैन ।’

एक फरक प्रशंगमा उनले नेपाली सिनेमा हलमा १८० दिन अनिवार्य रुपमा नेपाली फिल्म चल्नुपर्ने भन्दै नचलाए सरकारले ताला लगाउने चेतावनी दिए । उनले विदेशी च्यानलमा क्लिन फिड लगाएरै छाड्ने दाबी पनि गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved