महरा प्रकरणमा गगन 'कनेक्सन', यी हुन मध्यरातमा सूचना चुहाउने 'दीदी'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 08:08:43 PM मा प्रकाशित

laxmi  sunrise bank

यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले राजिनामा दिइसकेका छन। रोशनी शाही नाम गरेकी महिलाले यौन दुव्र्यवहारको आरोप लगाएपछि अनुसन्धानमा सहजीकरणको लागि भन्दै महराले सभामुख र सांसद दुवै पदबाट राजिनामा दिए। 

तर महराको राजिनामा लगत्तै ति महिलाले आफुले यौन दुव्र्यवहारको आरोप नलगाएको भनेपछि महरा प्रकरणले नयाँ मोड लिएको छ। यौन दुव्र्यवहारको आरोप लगाउने शाहीले आज बुधबार आफु 'डिप्रेसन' को विरामी भएको भन्दै महानगरीय प्रहरी वृत्त तिनकुनेमा निबेदन दिएपछि महारामाथी छानबिन रोकिने भएको छ। 

२४ घण्टा पनि नबित्दै आफ्नो बोलि फेरेकी शाहीले लगाएको यौन दुव्र्यवहारको आरोपका कारण महराले सभामुख तथा सांसद पदबाट राजिनामा त दिए। त्यो भन्दा पनि महराको राजनीतिक करियर नै अन्यौलमा परेको छ। 

पिडित महिलाले महराबिरुद्द जाहेरी दिनुको साट्टो 'डिप्रेसन' को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएपछि यो घटना महराकै कारणले मात्र बाहिरिएको थियो वा नियोजित थियो भन्नेबारे बहस सुरु भएको छ। यो घटना कसले किन बाहिर ल्यायो भन्ने समेत चर्चाको बिषय बनेको छ। 

घटना बाहिरिएको ४० घण्टा ब्यतित हुँदै गर्दा घटनालाई बिभिन्न कोणबाट हेर्न थालिएको छ। कांग्रेसको मुखपत्र को रुपमा लिईने तथा गगन थापाको समेत समर्थन र साथ रहेको भनिएको मिडियाबाट नै यो घटना बाहिरिनुले प्रतिपक्षले खेलेको आशंका गरिएको छ। 

पिडित भनिएको शाहीले सोमबार मध्यरात ११ बजे नेपाली कांग्रेसकी सांसद् उमा रेग्मी अधिकारीलाई आफु महराद्वारा यौन दुर्व्यवहारको शिकार भएको बताएको कुरा बाहिरिएको छ। समाचार बाहिर ल्याउने मिडियाका एक पत्रकारले बिजपाटीसंगको कुराकानीमा एउटा दिदि हुँदै आफुहरु मार्फत त्यो सूचना प्राप्त आएको र त्यसलाई 'फ्लो ' गरिएको बताएका छन। यसलाई हेर्दा रेग्मीले उक्त घटनाबारे आफु निकट कांग्रेसका नेताहरुलाई बताएको र कांग्रेसका नेता मार्फत नै सो घटना मिडियासम्म पुगेको शंकामा बल पुगेको छ। 

महरामाथी यौन दुर्व्यवहारको आरोप लागेपछि सबै भन्दा पहिले उनको राजिनामा मागेका गगन थापाले 'मौकामा चौका' हानेको नेकपाका नेताहरुले आशंका गरेका छन। चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) बिरुद्द अमेरिकाले अघि सारेको अमेरिका मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमएमसी) मा महराको रोकावटबाट असन्तुष्ट रहेका गगन थापाले मौकामा चौका हानेको उनीहरुको आशंका छ। गगन थापाको श्रीमती अञ्जना केसी संलग्न यो बिग प्रोजेक्ट संसदबाट अनुमोदन हुनबाट महराले रोकेका थिए। गगन थापाले त्यहि आक्रोश पोखेको उनीहरुको तर्क छ। 

संसदबाट पारित गराउन सकेको खण्डमा अमेरिकाले अघि सारेको यो योजना सन्धीको हैसियतमा हुने र सरकार परिवर्तन भएपनि कार्यान्वयनका लागि बाध्यकारी हुन्थ्यो। महराले उक्त विषयलाई कार्यसूचिमा नै समावेश नगरेपछि गत सातामात्रै अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरबीच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतामा अमेरिकाले नेपालमा ५ सय मिलियन अर्थात् करिब ५० करोड डलर बराबरको एमएमसी अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ ।   

महराको राजिनामा माग्न हतार गर्नु र गगन थापाको निकट मानिने नेपाल प्रेस युनियन महासचिब अजय बाबु सिवाकोटी प्रधान सम्पादक रहेको मिडियाबाट यो सबै प्रकरण बाहिरिनुले महरा प्रकरणमा गगन कनेक्सन रहेको आशंका हुनु अनौठो नभएको नेकपा नेताको भनाइ छ।     





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved