व्यवसाय बढाउन नबिल इन्भेष्टमेण्टले ११ सेवा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 10:28:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा (Research Based Corporate Advisory Service) उपलब्ध गराउने भएको छ  । देशमा छरिएर रहेका उद्योगी, व्यावसायि संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले सेवा दिन लागिएको कम्पनीले जनाएको छ।

यस सेवा अन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगीहरू तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि विभिन्न १९ सेवा दिने कम्पनीले जनाएको हो । कम्पनीले वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण , सम्भाव्यता अध्ययन , व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्यांङ्कन, शेयर÷इक्विटी मूल्यांङ्कन, आम्दानी योजना,  खर्च योजना, पूँजीगत बजेट र पूँजी पुनर्संरचना सेवा दिने जनाएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved