सन्दिपले लर्ड्स मैदानमा वेस्ट इन्डिज बिरुद्द टि २० खेल्ने, सन्दिपको टिममा अरु को को ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 16, 2018 | 02:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दिप लामिछाने तथा समग्र नेपाली क्रिकेटलाई अर्को खुसिको खबर दिएको छ  । आईसीसीले यसै महिनाको अन्तिममा वेस्ट इन्डिज बिरुद्द हुने टि २० खेलको लागि सन्दिपलाई पनि टोलीमा समाबेश गरेको हो  । 

सन्दिपले बिश्व ११ को तर्फबाट वेस्ट इन्डिज विरूद खेल्ने छन्  । खेल आगामी मे ३१ अर्थात जेठ १७ गते ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा हुने छ  । सन्दीपले सन् २०१६ को जुलाईमा नेपाली राष्ट्रिय टोलीबाट लर्डसमा खेल्दै मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध १ विकेट लिएका थिए ।

बिश्व ११ को टिमका कप्तान इंगल्याण्डका विस्फोटक ब्याट्सम्यान ईवेन मोर्गन रहेका छन् ।  त्यस्तै सन्दिपको टोलीमा पाकिस्तानका शाहिद अफ्रिदी, सोएब मलिक, बंगलादेशका तामिम इकवाल, भारतका दिनेश कार्तिक, हार्दिक पाण्डे, अफगानिस्तानका रशिद खान, श्रीलंकाका थिसेरा परेरा, न्युजील्याण्डका मिसेल मेकलिगन, ल्युक रोशी लगायत रहेका छन् । 

वेस्ट इन्डिजतर्फ भने क्रिस गेल, एन्ड्रयु रसेल, सामुल बद्रि, कार्लोस ब्रेथवेट, ईविन लुइस, मार्लोंन स्यामुल्स लगायत रहेका छन्। 

खेलबाट उठेको रकम वेस्ट इन्डिजमा गत बर्ष आएको तुफानबाट भत्किएका रंगशाला पुननिर्माणमा प्रयोग हुने छ ।

सन्दिप हाल भारतमा जारी आईपीएलमा दिल्लीको तर्फबाट खेलिरहेका छन् 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved