नेदरल्याण्डसलाई २१७ रनको लक्ष्य, सोमपाल र पारसको अर्थशतक (हेर्नुस लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 03, 2018 | 06:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले नेदरल्याण्डसलाई २ सय १७ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ४८.५ ओभरमा अल आउट हुदै २ सय १६ रन जोडेको हो  । नेपालको लागि सोमपाल कामीले सर्बाधिक ६१ रन जोडे  । उनले ४६ बलमा ५ चौका र ३ छक्काको मदतमा ६१ रन जोडेका हुन्  । त्यस्तै कप्तान पारस खड्काले ५१ रन जोडे  । ज्ञानेन्द्र मल्लले १३, सुभाष खकुरेलले १९, अनिल शाहले ४, दिपेन्द्र सिंहले १९, रोहित पौडेलले ६, आरिफ शेखले १६, बसन्त रेग्मीले र सन्दिप लामिछानेले ८ रन बनाए भने ललित भण्डारी ४ रनमा नट आउट रहे  । 

 नेपालले आजको खेलको लागि ३ खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा करण केसीको स्थानमा ललित भण्डारी,  शरद भेषवाकरको स्थानमा सुवाष खकुरेल, र शक्ति गौचनको स्थानमा रोहित पौडेल आएका छन्  । 

यस्तो छ नेपालको आजको टिम  ।

१.ग्यानेन्द्र मल्ल
२.अनिल कुमार साह
३.सुबास खकुरेल
४.पारस खड्का
५.दिपेन्द्र सिह
६.आरिफ सेख
७.रोहित कुमार पौडेल 
८.सोम्पाल कामि
९.ललित भन्डारि
१०.वसन्त रेग्मि
११.सन्दिप लामिछाने

यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७ दशमलव ४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जितका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सकेको थियो । 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो दोस्रो अवसर हो । 

हेर्नुस लाइभ: 

भिडियो सौजन्य : कान्तिपुर 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved