इतिहासमा आज: बिश्वकपमा युवराज सिंहको एकै ओभरमा ६ छक्का (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2018 | 05:02:23 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गरिएको सुन्नु भएको छ ? सानो तिनो घरेलु प्रतियोगितामा त भएकै होलान  । तर बिश्वकपमा जस्तो उच्च स्तरीय प्रतियोगितामा भने कठिन नै हुन्छ  । तर भारतीय टिममा खेलाडी युवराज सिंहले ११ बर्ष अगाडी आजकै दिनमा यसलाई सम्भव बनाईदिएका थिए  । 

२००७ मा आज कै दिन अर्थात् १९ सेप्टेम्बरमा युवराज सिंहले टि २० बिश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै सिंगो बिश्वलाई चकित पारीदियेका हुन्  ।  साउथ अफ्रीकामा भएको प्रतियोगितामा भारतले इंग्ल्यान्डविरूद्द खेल्दा सिंहले यस्तो इतिहास रचेका हुन्  । समुह चरणको खेलमा भारतले टस जितेर ब्याटिंग सुरु गर्यो  । 

सुरुवाती ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गरेपछि युवराज सिंहको ब्याटिंग गर्ने पालो १७ औ ओभरमा मात्र आयो  ।  १६.४ ओभरमा भारतले ३ विकेटको क्षतिमा १५५ रन जोडेको थियो  । त्यसपछि युवराज सिंह ब्याटिंग गर्ने आएका थिए  । पहिलो बल उनले डट खेले भने दोस्रो बलमा चौका प्रहार गरे  ।  १८ औ ओभरमा सिंहले २ सिंगल र २ चौका गरेर १० रन जोडे  । युवराज सिंहको स्कोर ६ बलमा १४ रन पुगेको थियो  । त्यसपछि १९ औ ओभरमा जे भयो सारा बिश्व चकित भयो  । १९ औ ओभरमा युवराज सिंहले हरेक बलमा छक्का प्रहार गर्दै ६ बलमा ३६ रन जोडे  । साथै उनले १२ बलमै अर्थ शतक पनि पुरा गरे  । एकै ओभरमा ३६ रन दिने बलर भने इंग्ल्यान्डका स्टुवार्ड बोर्ड थिए  । 

युवराज सिंह अन्तिम ओभरमा थप ८ रन जोड्दै १६ बलमा ५८ रन बनाएर आउट भए  ।  यो खेल भारतले १८ रनले जितेको थियो  ।

टि २० बिश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार भएको त्यो नै पहिलो हो  । एक दिवशय बिश्व कपमा भने साउथ अफ्रीकाका गिब्सले यस अघि नै यस्तो चमत्कार गरेका थिए ।
 

भारतले फाइनलमा पाकिस्तानलाई पराजित गर्दै यो प्रतियोगिता समेत जितेको थियो  । 

हेर्नुस युवराज सिंहको त्यो रोमान्चक ब्याटिंग :




Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved