च्याम्पियन्स लिगको बुधबारको खेलमा युभेन्ट्सका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । लिगको समूह ए अन्तर्गत भ्यालेन्सियाविरुद्धको खेलमा रोनाल्डो ले खेलको २९ औं मिनेटमा रातो कार्ड खाएका हुन् । यस संगै रोनाल्डोले १ खेल गुमाउने छन् ।
खेल गोल रहित बराबरीको रहेको अवस्थामा रोनाल्डो रातो कार्ड खादै बाहिरिएका थिए । रियल म्याड्रिडबाट यसै सिजन युभेन्ट्स गएका रोनाल्डोले डेब्यु खेल मै रातो कार्ड पाएका हुन् । यो उनको च्याम्पियन्स लिग कै पहिलो रातो कार्ड हो । रातो कार्ड खाएपछि रोनाल्डो रुदै बाहिरिएका थिए ।
रोनाल्डो बाहिरिएपछि १० खेलाडीमा सिमित भएको युभेन्ट्सले २-० को जित निकाल्न सफल भएको छ । युभेन्ट्सलाई जित दिलाउने क्रममा दुबै गोल मिरालिम पजनिकले गरे । खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै पजनिकले युभेन्ट्सलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा पजनिकले पेनाल्टी मै व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २– ० को जित दिलाए ।
हेर्नुस भिडियो ।