पोखरा प्रिमियर लिगको लागि धनगढीले ल्यायो इंग्ल्यान्डका खेलाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2018 | 12:12:02 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ । 

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा तयारी पूरा हुनाका साथै खेलाडीसमेत सार्वजनिक गरिएको जनाएको हो । ब्लुजले अक्सनबाट १३, दुई आइकनिक र दुई विदेशी खेलाडी सार्वजनिक गरेको हो ।नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको ब्लुजले विदेशी कोटामा दुवै इग्ल्यान्डका खेलाडी ल्याएको छ । पिपिएलका लागि ब्लुजले इग्ल्यान्डका ड्यान लरेन्स र पिटर डेभिड ट्रेगोलाई अनुबन्ध गरेको सो अवसरमा प्रशिक्षक मनोज कटवालले जानकारी दिए। 

दुवै विदेशी खेलाडी मङ्गलबार बेलुकी नेपाल आइपुगेका र आज बिहान प्रशिक्षणपश्चात पोखरा जाने उनले पत्रकारसम्मेलनमा बताए । ब्लुजले आइकनिक खेलाडीका रुपमा यू–१९ टोलीका सुबेन्धु पाण्डे र अरुणसिंह ऐरीलाई अनुबन्ध गरेको छ । ब्लुजबाट खेल्ने अन्य खेलाडीमा मञ्जित श्रेष्ठ, योगेन्द्रसिंह कार्की, सन्तोष भट्ट, रोबिन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, दिलीप नाथ, सागर ढकाल, सन्दीप जोरा, निर्दाेष अन्सारी, सौरभ खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली छन् ।क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पिपिएल क्रिकेट यही कात्तिक ९ गते शुक्रबारदेखि पोखरामा शुरु हुँदैछ । ब्लुजले पहिलो खेल काठमाडौँ रोयल्ससँग कात्तिक ११ गते खेल्ने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved