युएईमा जारी टि टेन लिग क्रिकेट प्रतियोगिताको डेब्यु खेल मै नेपाली लेग स्पिनर म्यान अफ द म्याच भएका छन् । बुधबार राति भएको खेलमा सन्दिपले केरला किंग्स टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच अवार्ड पाएका हुन् ।
खेलमा पख्टोन्सले ५ विकेटको क्षतिमा १०९ रन जोडेको थियो । सन्दिपले पख्टोन्सको ३ विकेट लिए । सन्दिप बाहेक अन्य कुनै खेलाडीले विकेट लिन सकेनन । २ खेलाडी भने रन आउट भएका थिए । सन्दिपले आफ्नो २ ओभरमा केवल १७ रन खर्चदै ३ विकेट लिएका हुन् ।
११० रनको लक्ष्य पाएको केरलाले ७.५ ओभरमै लक्ष्य भेट्टायो ।
सन्दिप ३० हजार डलरमा टिममा अनुबन्ध भएका हुन् ।