खेर गयो सन्दिपको कसिलो बलिंङ, 'ब्याटिंङ कोल्याप्स' हुँदा स्टार्स उप बिजेता मै सिमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 01:36:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्द मेलबर्न स्टार्स उप बिजेता मै सिमित भएको छ ।  आज भएको फाइनल खेलमा मेलबर्न रेनेगेड्ससंग १३ रनले पराजित भएपछि स्टार्स उप बिजेता मै सिमित हुन् पुगेको हो । 

टस हारेर ब्याटिंग गरेको रेनेगेड्सले स्टार्सलाई १४६ रनको बिजयी लक्ष्य दिएको थियो । रेनेगेड्सले २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन जोडेको हो  । खेलमा स्टार्सले कसिलो बलिंग गरेको थियो ।   जसमा सन्दिपले ४ ओभर बलिंग गर्दै केवल १६ रन खर्च गरेका छन् । यद्यपि उनले विकेट भने लिन सकेनन । सन्दिपले आफ्नो पहिलो ओभरमा २ रन, दोस्रोमा ६ रन, तेस्रोमा ३ रन र चौथोमा ६ रन खर्चेका हुन् । यसमा लेग बाईको रुपमा १ अतिरिक्त रन पनि समाबेश थियो  ।   

१४७ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको स्टार्सले २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्र जोड्न सक्यो । कुनै पनि विकेट नगुमाई १२.५ ओभरमा स्टार्सले ९३ रन जोडेको थियो । तर त्यसपछि ब्याटिंग कोल्याप्स भयो र १९ रन जोड्दा ७ विकेट गुमायो । ५ ब्याट्सम्यान दोहोरो अंकको रन बनाउन नसकी आउट भए । यस संगै रेनेगेड्सले पहिलो पटक उपाधि जित्न सफल भयो । 

प्रतियोगितामा सन्दिपले ८ खेलबाट ११ विकेट लिएका छन्  । सन्दिपले यसै सिजन बिग व्यासमा डेब्यु गरेका हुन्  । डेब्यु प्रतियोगितामै सन्दिपले फाइनल खेल्ने अवसर पाएका हुन्  । अब सन्दिप  पाकिस्तान सुअप्र लिग खेल्न युएई जाने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved