पाकिस्तानमा आइपीएलको प्रसारणमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2019 | 01:49:37 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको प्रसारणमा रोक लगाएको छ । पाकिस्तानका सुचना तथा प्रसारण मन्त्री फवाद अहमद चौधरीले आफ्नो देशमा आईपीएलको प्रसारण गर्न बन्देज गरिएको जानकारी दिएका छन् । 

गत महिना भएको पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिता भारतले आफ्नो देशमा प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो । त्यसको प्रत्युत्तर स्वरुप पाकिस्तानले आइपीएल प्रसारणमा बन्देज गरेको हो । 

आईपीएलका खेलहरु आगामी शनिबार अर्थात् २३ मर्चदेखी भारतमा शुरु हुँदैछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved