साफ महिला फुटबलको उपाधि भारतलाई, फाइनलमा फेरि हार्यो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2019 | 04:55:32 PM मा प्रकाशित

laxmi  sunrise bank

साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले पारजित गर्दै भारतले भारतले ५औँ पटक उपाधि जितेको हो । 

आज भएको फाइनल खेलको पहिलो हाफ एक/एक को बराबरीमा सकिएपनि दोस्रो हाफको ६२औँ र ७७ औँ मिनेटमा भारतले गोल गरेको थियो । 

विराटनगरको सहिद रङ्गाशालामा भएको खेलको २४औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो । भारतका लागि डालीमा छिब्बरले फ्रिकिकमार्फत पहिलो गोल गरेकी थिइन् । नेपालले ३३ औं मिनेटमा हेड गोल गर्दै सावित्रा भण्डारीले १–१ को बराबरी गरेकि थिइन् । 

आजको पराजयसँगै भारतलाई पराजित गर्दै उपाधि जितेर इतिहास रच्ने नेपालको सपना पूरा हुन सकेन । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved