आईपीएलमा दिल्ली र हैदराबाद भिड्दै, सन्दीप बेञ्चमा कि मैदानमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 04:16:03 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमीयर लिग (आईपीएल) क्रिकेटमा आज नेपाली स्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद भिड्दै छन् । खेल दिल्लीको फिरोज साह कोट्ला मैदानमा नेपाली समय अुनसार राति सवा ८ बजेदेखि सुरु हुनेछ । 

यसअघिका ३ खेलमा २ जीत र १ खेलमा पराजित भएको हैदराबाद ४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । ४ खेल खेलिसकेको दिल्ली २ मा जीत र २ मा पराजित बन्दै तालिकाको पाँचौ स्थानमा छ । 

दिल्लीले आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेलाई मैदान उतार्ने सम्भावना देखिएको छ । सुरुवाती दुइ खेलमा लामिछानेलाई दिल्लीले मैदान उतारेको थिएन । पछिल्ला दुई खेल मात्रै खेलेका सन्दीपले ३ विकेट लिइसकेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved