बिश्वकपमा ४८ राष्ट्र खेलाउने योजनाबाट फिफा पछाडी हटेको छ । सन् २०२२ मा कतारमा हुने बिश्वकपमा ४८ राष्ट्र खेलाउन सम्भव नभएको भन्दै फिफाले यस सम्बन्धि सबै योजना खारेज गरेको हो । यद्यपि २०२६ मा हुने बिश्वकपमा भने ४८ राष्ट्र हुने छन् ।
कतार विश्वकपमा ३२ बाट बढाएर ४८ देशलाई विश्वकप खेल्न दिने विषयमा फिफाले लामो छलफल भएको थियो ।यसको लागि कतार संगै केहि छिमेकि देशले पनि खेलहरु आयोजना गर्नु पर्ने बारे सम्भाव्यता अध्ययन गरिएको थियो ।
४८ देश सहभागी गराउदा कम्तिमा १६ खेल कतार बाहिर खेलाउनु पर्ने हुन्थियो । त्यसको लागि यूएई, बहराइन र साउदी अरेबियालाई सहआयोजकको रुपमा लिएर खेल गराउने योजना थियो । तर कतार र यी देश बीचको सम्बन्ध चिसिएको कारण सो सफल हुन् नसकेको हो।
कुवेतले सह आयोजक रहने इच्छा देखाएपनि त्यहाँको रंगशाला निर्माण र तयारीको लागि समय अभाव हुने फिफाको निष्कर्ष छ । पर्याप्त तयारी अभावका कारण आउँदो संस्करणमा यो सम्भव नदेखिएको फिफाका अध्यक्ष गिनी इन्फिेटिनो बताएका हुन् ।
आगामी जुनमा हुने फिफा कग्रेसले यस बिषयमा अन्तिम निर्णय गर्ने भनिएको भए पनि अब भने कंग्रेस मै यो प्रस्ताव लगिने छैन ।
२०२६ को बिश्वकप अमेरिका, क्यानडा र म्याक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने छन् ।