नेमारलाई बार्सिलोना लैजान इतिहासकै ठुलो स्वाप डिल हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 01:17:57 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनको फुटबल क्लब बार्सिलोनाले आफ्नो पुरानो खेलाडी नेमारलाई क्लबमा फर्काउनको लागी पीएसजिसँग स्वाप डिलको प्रस्ताब राखेको छ । बार्सिलोनाले यसको लागी फ्रान्सको क्लब पेरिस सेन्ट जर्मन (पीएसजि) सँग नेमारलाई फिर्ता पठाउँनको लागी ७७० करोड रकम सहित आफ्नो ६ खेलाडीमध्ये कुनै दुईको पीएसजि लैजाने प्रस्ताब राखेको छ। 

यदि यो प्रस्ताब पास भयो भने फुटबलको इतिहासमै सबैभन्दा ठुलो स्वाप सम्झौता हुनेछ ।  ब्राजिलका २७ बर्षिय नेमार सन् २०१७ मा पीएसजिसँग जोडिएका थिए । त्यो समयमा पनि पीएसजिले नेयमारको लागी २२२ मिलियन युरो रकम खर्च गरेको थियो । तर पीएसजिमा नेमारले राम्रो प्रदर्शन गर्न नसकेको आरोप खेपिरहेका छन् । नेमार चोटको कारण लामो समय मैदान बाहिर रहनु परेको थियो । 

पीएसजिले नेमारले आफ्नो शतप्रतिसत पीएसजिको लागी नदिएको आरोप लगाएको छ । यो कारणले पनि सम्झौता हुन सक्ने जानकारहरु बताउछन् ।

प्रस्ताब पास भयो भने पीएसजिले बार्सिलोनाको फिलिप कोटिन्हो, ओसामाने डेबेले, इभान राकिटिक, सेमेडो, मेलकम तथा स्यामुअल उम्टिटि मध्ये दुईजना लान पाउनेछ । 

स्वाप डिल

फुटबलमा खेलाडीकाबीच हुने सम्झौतालाई स्वाप डिल भनिन्छ । यसमा एक खेलाडीको बदलामा अर्को खेलाडी दिइन्छ साथै केहि रकम पनि लेनदेन हुन्छ । तर कति रकम भने सम्झौता अनुसार हुन्छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved