टी-ट्वान्टी वरियतामा नेपालको सुधार, एसोसियट राष्ट्रमा शीर्ष स्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2019 | 01:12:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसीको टी-ट्वान्टी वरियतामा नेपालले एक स्थान माथि उक्लिएको छ। टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान उक्लिएर १२ औं स्थानमा पुगेको छ। 

अघिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहेको थियो । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टीट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ ।

यसअघि नेपाल भन्दा अघि रहेका दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएईको वरियता भने घटेको छ । स्कटल्याण्ड १६ औं र युएई १३ औं स्थानमा झरेको छ । 

नेपाल भन्दा तल एक टेष्ट राष्ट्र आयरल्याण्ड छ। टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत छन्। दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved