भ्रष्टाचार अभियोगमा बंगलादेशका क्याप्टेनमाथि २ बर्ष प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2019 | 09:56:32 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेश क्रिकेट टिमका स्टार अलराउन्डर शाकिब अल हसनमाथि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले दुई बर्षको प्रतिबन्ध लगाएको छ। फिक्सिंङलाई लिएर गरिएको सम्पर्कमा कुनै सूचना नदिएको कारणले शाकिबमाथि दुई बर्षको प्रतिबन्ध लगाइएको आईसीसीले जनाएको छ।

बंगलादेश टि-२० र टेस्ट टिमको कप्तान समेत रहेका शाकिबमाथि भारतमा हुन् गइरहेको तीन टि-२० सिरिज र दुई टेस्ट खेलको सिरिज खेल्न जानुअघि यस्तो प्रतिबन्ध लागेको हो। आइसीसीले यस्तो सजाय सुनाउनु पुर्वनै उनलाई टिमको साथ अभ्यास गर्नलाई रोक लगाएको थियो।

आइसीसीले मंगलबार एक ट्वीट गर्दै शकिबमाथि दुई बर्षको प्रतिबन्ध लगाइएकोबारे जानकारी दिएको हो। आइसीसीका अनुसार शाकिबले २९ अक्टुबर २०२० पछि अन्तराष्ट्रिय क्रिकेट खेल्न पाउनेछन।  

एकदिवसीय क्रिकेट अलराउन्डरमा र टि-२० मा पहिलो स्थानमा रहेका शाकिबमाथि सबै प्रकारको क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाइएको आइसीसीले स्पष्ट पारेको छ। आइसीसीले बंगलादेशका क्याप्टेनमाथि लगाएको प्रतिबन्धबारे जानकारी दिंदै उनिमाथि दुई बर्ष प्रतिबन्ध भएपनि एक बर्ष प्रभावित हुने बताएको छ।  

शाकिबले तीन अवसरमा आइसीसीको एन्टी करप्सन कोड को उल्लंघन गरेको स्वीकार गरेकाले उनलाई एक बर्षको सजाय माफ दिइएको आईसिसिले जनाएको छ।    


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved