नेपालले विश्वकप क्रिकेट खेल्न पाउने सम्भावना बढ्यो, आइसीसीले गर्यो यस्तो निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2021 | 10:17:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकपमा सहभागी हुने टिमको संख्या बढाउने निर्णय गरेको छ । आज बसेको आईसीसी बोर्ड बैठकले सन् २०२४ देखि सन् २०३१ सम्म हुने मुख्य क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम संख्या निर्धारण गरेको हो ।

जस अनुसार अब पुरुष टि २० विश्वकपमा २० टिमले सहभागिता जनाउने छन् । आईसीसीका अनुसार २० टिमलाई हरेक समुहमा ५ टिम रहने गरि ४ वटा समुहमा विभाजन गरिने छ । हरेक समुहका २ टिम दोस्रो चरण अर्थात् सुपर एटमा प्रवेश गर्ने छन् । त्यसपछि नकआउट सेमिफाइनल र फाइनल खेल हुनेछ । यसरि कुल ५५ खेल हुने छन् । यो फर्म्याटको टि २० विश्वकप सन् २०२४, सन् २०२६, सन् २०२८ र सन् २०३० मा संचालन हुने छ ।

त्यस्तै एक दिवसीय विश्वकप अर्थात् ५० ओभरको पुरुष विश्वकपमा १४ टिम समावेश हुने छन् । आईसीसीका अनुसार १४ टिमलाई हरेक समुहमा ७ टिम रहने गरि २ वटा समुहमा विभाजन गरिने छ । हरेक समुहका ३ टिम दोस्रो चरण अर्थात् सुपर सिक्समा प्रवेश गर्ने छन् । त्यसपछि नकआउट सेमिफाइनल र फाइनल खेल हुनेछ । यसरि कुल ५४ खेल हुने छन् । यो फर्म्याटको एक दिवशीय विश्वकप सन् २०२६, र सन् २०३० मा संचालन हुने छ । यहि फर्म्याटको विश्वकप सन् २००३ मा भएको थियो ।

त्यस्तै आईसीसीले ८ टिम सहभागी हुने गरि च्याम्पियन्स ट्रफी पनि खेलाउने भएको छ । यसमा कुल १५ खेल हुनेछन् । च्याम्पियन्स ट्रफी सन् २०२४ र सन् २०२८ मा हुने छ ।

साथी आईसीसीले सन् २०२५, २००२७, २०२९ र २०३१ मा वल्ड टेस्ट च्याम्पियन्स फाइनल खेलाउने छ। यो टेस्ट क्रिकेट विश्वकप हो । 

आईसीसीले एक दिवशीय र टि २० विश्वकप खेल्ने टिमको संख्या बढाएसंगै नेपालले एक दिवशीय र टि २० विश्वकप खेल्ने सम्भावना बढेको छ । यद्यपि नेपालले तोकेको छनौट चरण भने पार गर्नु पर्छ । नेपालले यस अघि नै टि २० विश्वकप खेली सकेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved