रोनाल्डोले तत्काल लागु हुने गरि म्यानचेस्टर युनाइटेड छोडे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2022 | 11:32:51 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन् । एक टेलिभिजन अन्तर्वाता दिदै क्लबको आलोचना गरेपछि रोनाल्डो विवादमा आएका थिए । अन्तर्वातामा उनले क्लबको आलोचना गर्दै क्लबका प्रशिक्षकले क्लबमा आफ्नो कदर नै नगरेको बताएका थिए । अन्तर्वार्तापछि क्लबले रोनाल्डो विरुद्द उपयुक्त कदम चाल्ने बताएको थियो ।

आज क्लबले विज्ञप्ति जारी गर्दै रोनाल्डोले आपसी सहमतिमा क्लब छोड्ने उल्लेख गरेको छ । उनले तत्काल नै लागु हुने गरि क्लब छोड्ने क्लबले उल्लेख गरेको छ ।

ओल्ड ट्राफर्डमा रोनाल्डोले २ पटक गरि ३४६ खेलमा १४५ गोल गरेकोमा क्लबले उनको योगदानलाई धन्यवाद दिएको छ  । क्लबले रोनाल्डोलाई तथा उनको परिवारलाई भविष्यको लागि शुभकामना समेत दिएको छ ।  

रोनाल्डो हाल कतारमा विश्वकप खेल्नको लागि पुगेका छन् । उनी पोर्चुगलका कप्तान हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved