विश्वकपमा समूह चरणका खेल सकिए, नकआउटमा पहिलो दिन अर्जेन्टिना र अष्ट्रेलिया भिड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2022 | 10:00:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण आज शनिबारदेखि सुरु हुँदै छ।  नकआउट चरण अन्तर्गत पहिलो दिन अर्जेन्टिना- अष्ट्रेलिया र नेदरल्यान्ड्सले -अमेरिकासँग खेल हुनेछ।

 नेपाली समयअनुसार ८.४५ बजे सुरु हुने खेलमा समूह एको विजेताका रुपमा नेदरल्यान्ड्सले समूह बीको उपविजेता अमेरिकासँग खेल्न लागेको हो।

त्यस्तै रातको १२.४५  सुरु हुने खेलमा समूह सीको विजेताका रुपमा अर्जेन्टिना र समूह डीको उपविजेताका रुपमा अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ।
अर्जेन्टिना र अस्ट्रेलिया दुबैले  जारी विश्वकपको समुहचरणको पहिलो खेलमा हार ब्यहोरेका थिए। साउदी अरबले अर्जेन्टिनालाई २-१ र फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोलले हराएको थियो।

अर्जेन्टिनासँग तुलानात्मकरुपमा सजिलो प्रतिद्धन्द्धी परेपनि कप्तान लियोनल मेस्सी हरेक टोलीले सबैलाई हराउन सक्ने अवस्था रहेको स्वीकार गर्छन्। जारी प्रतियोगितामा ट्युनिसियाले फ्रान्स, दक्षिण कोरियाले पोर्चुगल, जापानले जर्मनी र स्पेन, क्यामरुनले ब्राजिलजस्ता टोलीलाई हराएकाले त्यसप्रति अर्जेन्टिना सचेत देखिन्छ।

साउदी अरबसँगको पराजयपछि अर्जेन्टिनाले मेक्सिको र पोल्यान्डलाई समान २-० गोलको नतिजामा हराएको थियो। सन् २००६ पछि पहिलोपटक नकआउट चरण पुगेको अस्ट्रेलिया यसअघि क्वाटरफाइनल पुगेको इतिहास छैन।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved