नेपालले नेपालमा हुने ४ वटै खेल जिते सिधै विश्वकप छनौट खेल्न पाउने, सबै खेल नजिते के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2023 | 07:30:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले युएईमाथि रोमान्चक जित हासिल गरेसँगै नेपालले सिधै विश्वकप छनौट खेल्ने सम्भावना कायम नै राखेको छ  । आजको जित सँगै नेपाल अंक तालिकामा ३२ अंक सहित ५ औ स्थानमा उक्लिएको छ  

अब नेपालको ४ वटा खेल बाँकि रहेको छ  । यी सबै खेल नेपालमा हुने छ । अब नेपालले नेपालमा युएईसँग २ खेल र पीएनजीसँग २ खेल खेल्ने छ  । नेपालले यी ४ वटै खेल जित्न सकेमा नेपाल ४० अंक सहित अंक तालिकाको तेस्रो स्थानमा उक्लेर सिधै विश्वकप छनौट खेल्न सक्ने छ । नेपालले सिधै विश्वकप छनौट खेल्ने सम्भावना कायम राख्नको लागि नेपालमा हुने सबै ४ खेल जित्नु पर्ने छ  । वर्षाको कारण कुनै खेलमा अंक बाड्नु परेमा भने नेपाल तेस्रो स्थानमा उक्लन सक्दैन किन भने हाल तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक रहेको छ  । ३ खेल जितेर कुनै १ खेलमा वर्षाको कारण अंक बाड्नु परेमा नेपालको पनि ३९ अंक हुने छ  । र नेपालको भन्दा नामिबियाको रन रेट राम्रो भएकोले नामिबिया नै तेस्रो स्थानमा रहेको छ  । त्यस कारण नेपाललाई ५० ओभरको विश्वकप छनौट खेल्नको लागि आफ्नो अन्तिम ४ खेल जित्नै पर्ने हुन्छ  । 

यदि शिर्ष ३ मा पर्न सकेन भने पनि नेपालले विश्वकप छनौट खेल्न सक्छ  । तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ र एकदिवसीय मान्यता धरापमा पर्न सक्छ। 

 विश्वकप छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् । 

आज रोमान्चक जित 

 आज नेपालले युएईलाई ४२ रनले पराजित गरेको हो  खेलमा नेपालले पहिले ब्याटिङ गरेर निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२९ रन जोडेको थियो  । नेपालको लागि भिम सार्कीले सर्वाधिक ७० रन बनाएका थिए। उनी खेलको म्यान अफ द म्याच बने । त्यस्तै आरिफ शेखले नट आउट ४३  रन, तथा कुशल मल्लले ३२ रन जोडेका थिए  । त्यस्तै सन्दीप लामिछानेले २७ रन बनाएका थिए  

२३० रनको लक्ष्य लिएर मैदान उत्रेको युएई ४५ ओभरमा अल आउट हुँदै १८७ रन मात्र जोड्न सक्यो  । युएईका लागि आसिफ खानले सर्वाधिक ८२ रन, आर्यन लाक्राले रन तथा अरविन्दले १३ रन जोडे  । अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन्  

युएईलाई १८७ रन मै अल आउट गर्ने क्रममा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३-३ विकेट लिए  । त्यस्तै आरिफ शेख, सन्दीप लामिछाने र करण केसीले समान १-१ विकेट लिए  । युएईका एक ब्याट्सम्यान भने रन आउट भएका थिए  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved