नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने नयाँ विश्व रेकर्ड बनाउने संघारमा पुगेका छन् । उनी एक दिवसीय क्रिकेट अन्तर्गत सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको रुपमा विश्व रेकर्ड नतिक पुगेका हुन् । यसको लागि उनले थप २ विकेट लिनु पर्ने हुन्छ ।
हाल सन्दीपले ४० खेलबाट ९८ विकेट लिएका छन् । अब उनले आगामी ३ खेलमा २ विकेटले लिए उनी एक दिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडी बन्ने छन् । नेपालले आगामी बिहिबार युएई बिरुद्द किर्तिपुरमा विश्वकप क्रिकेट लिग २ अन्तर्गतको अन्तिम खेल खेल्दै छ । सन्दीपले सोहि खेलमा २ विकेट लिए उनको ४१ खेलबाट १०० विकेट बन्ने छ । र उनले सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको रेकर्ड बनाउने छन् ।
हाल सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको रेकर्ड अफगानिस्तानक राशिद खानको नाममा छ । उनले ४४ खेलमा १०० विकेट लिएर किर्तिमान बनाएका हुन् । सन्दीपले आगामी ३ खेल भित्र थप २ विकेट लिए खानको नाममा रहेको यो रेकर्ड सन्दीपको नाममा हुने छ । आज भएको पीएनजीसँगको खेलमा सन्दीपले ५ विकेट लिदै उनी यो रेकर्ड नजिक पुगेका हुन् ।
यो पनि : विश्वकप छनौटबाट नेपाल एक जित टाढा, अन्तिम खेल हारे पनि कायमै रहन्छ छनौट सम्भावना