बिकट कर्णालीमा टेलिकमको एफटिटिएच सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 04:00:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवा कर्णाली प्रदेशमा शुरु भएको छ । टेलिकमले ५ सय १२ लाईन क्षमताका दुई थान फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान गरी कूल १ हजार २४ लाईन नेटवर्क क्षमताकासाथ सेवा शुरु गरेको हो ।

सुर्खेतभरी यो सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको बताइएको छ । सुर्खेतमा भएको कार्यक्रममा कम्पनिले सो सेवा लिइसकेका ग्राहकहरूलाई मायाको चिनो सहित सम्मान गरेको छ ।

उक्त सेवाको सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले एफटिटिएच प्रविधि मार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फोन गरेर शुभारम्भ गरेका छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved