दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर तिरेको छ । एनसेलले मंगलबार ४ अर्ब ५० करोड रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको हो।
ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख कर तिर्नु पर्ने निर्धारण गरेको थियो ।
कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर १५ दिनभित्र बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो। दशौ दिनमा एनसेलले साढे ४ अर्ब कर तिरेको हो ।
एनसेलले बाँकि कर तिर्न किस्ताबन्दी सुविधा समेत माग गरेको छ । एनसेलले अब सरकारलाई १८ अर्ब १० करोड रुपैयाँ तिर्न बाँकी छ।