यस कारण जन्मियो डिजिटल टिभी सेवा प्रदायकहरुको अलग्गै सँस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 11:04:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अलग्गै पहिचान र अस्तित्व कायम गर्ने उदेश्यले डिजिटल टिभी सेवा प्रदायकहरुले नयाँ सँस्था खोलेका छन्। डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यको नेतृत्त्वमा 'डिजिटल टिभी अपरेटर एशोसियसन अफ नेपाल' नामको संस्था खुलेको हो। 

डिजिटल प्रविधिबाट टेलिभिजन च्यानल वितरण गर्ने संस्थाहरुको भूमिका छायाँमा परेकाले डिजिटल टिभी अपरेटरहरुको अलग्गै संस्थाको खाँचो भएको सँस्थाका नवनियुक्त अध्यक्ष आचार्यले बिजपाटीलाई बताएका छन्। 

अध्यक्ष आचार्यले भने,  सरकार, सरोकारवाला संस्था तथा नियामकसँग छलफल तथा नीतिगत बिषयमा कुरा गर्नका लागि पनि हाम्रो भुमिका कम्जोर देखियो, कतिपय महत्त्वपूर्ण छलफलमा हाम्रो उपस्तिथी समेत महसुस गरिएन। यिनै कारणले पनि हामीले डिजिटल टिभी अपरेटरहरुको मात्रै अलग्गै सँस्था खोल्नु परेको हो। 

यो संस्था डिजिटल टिभी अपरेटरहरुको भूमिका खोज्ने मात्र नभई उपभोक्ताहरुको हक हित संरक्षणको उदेश्यले पनि यो संस्था स्थापना भएको अध्यक्ष आचार्यको भनाई छ।  

यो पनि: डिशहोमका एमडी आचार्यको अनुभवः होटलमा भाडाँ माझ्नेदेखि बैंकको अध्यक्षसम्म

सरकारसँग नीतिगत कुरा गर्ने, बिषयगत कुरामा सरोकारवालासँग छलफल गर्ने तथा महत्त्वपूर्ण बिषयमा सर्वसाधारण तथा उपभोक्ताहरुलाई पनि जानकारी गराउने संस्था स्थापनाको उदेश्य भएको उनले बताए। 

क्लिनफिडमा आफ्नो उदेश स्थापित गर्नका लागि मात्रै नयाँ सँस्था खोलेको हो कि भन्ने प्रश्नको जवाफमा अध्यक्ष आचार्यले यो मुद्दामा मात्र नभई अन्य बिषयमा समेत आफ्नो कुरा राख्नको लागि संस्था गठन गरेको बताए। 

नवगठित संस्थाको अन्य सदस्यहरुमा दिनेश सुवेदी, प्रकाश घिमिरे, विनय बोहोरा, विनोद तिमलसिना, निरन राज भण्डारी,  रविन सुवेदी र अमित थापा रहेका छन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved