टेलिकमको डाटा खपतमा बृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 10:32:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बन्दाबन्दी खुलेपछि ५० प्रतिशतले डाटा व्याक खपतमा बृद्धि भएको नेपाल टेलिकमले जनाएको छ । बन्दाबन्दीको समयमा ३० प्रतिशतले बृद्धि भएको डाटा प्याकमा हाल २० प्रतिशतले बृद्धि भएको छ । 

टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार डाटा प्याक खपतमा बृद्धि भएतापनि भ्वाइस प्याक तथा अन्तराष्ट्रिय कलमा सुधार भएको छैन । अन्तराष्ट्रिय तथा आन्तरिक कलमा हाल ४० प्रतिशतले गिरावट आएको छ । जसमा अन्तराष्ट्रिय कल आवत जावत २०/२० प्रतिशत रहेको छ ।

बन्दाबन्दीको समयमा ४० प्रतिशत गिरावट आएको भ्वाइस प्याकमा अझै सुधार हुन सकेको छैन । सरकारले बन्दाबन्दी खुलेको घोषणा गरेको एक महिना पुग्न लाग्दा भ्वाइस प्याकमा १० प्रतिशतले गिरावट आएको प्रवक्ता जोशी बताउँछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved