२० दिनपछि भारत लगायतका विदेशी च्यानलमा विज्ञापन नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 03:51:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी कात्तिक ८ गतेदेखि नेपालमा प्रसारित विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित हुनुपर्छ । गत वर्ष कात्तिक ८ गते राष्ट्रपतिबाट स्वीकृति भएको विज्ञापन ऐन–२०७६ मा भएको व्यवस्था अनुसार कार्तिक ८ देखि विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित हुनुपर्छ । 

विदेशी च्यानल विज्ञापद रहित हुन सरकारी तवरबाट सम्पूर्ण कार्यहरु पूरा भैसकेको जनाईएतापनि विज्ञापन नियमावली तथा विज्ञापन बोर्ड अझै गठन हुन सकेको छैन् । लामो समयदेखि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन नियमावली मन्त्रीपरिषद्मा पठाईएको भन्दै आएतापनि हालसम्म मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छैन । 

तोकिए अनुसार कात्तिक ८ अर्थात सरकारी बिदा बाहेक अब १५ दिन बाँकी छ । तर सञ्चार मन्त्रालयले भने विज्ञापन नियमावली तथा बोर्ड गठन नभएपनि तोकिएकै समयमा क्लिन फिड नीति लागु हुने दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडी तत्काल विज्ञापन बोर्ड गठन नभएतापनि तोकिएकै समयमा विज्ञापन रहित विदेशी च्यान लागु गर्न मन्त्रालय पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताउँछन् । 

‘विज्ञापन ऐन–२०७६ मा नै व्यवस्था भएकाले तोकिएकै समयमा क्लिन फिड लागू हुन्छ, समय थपको माग गर्नु उनीहरुको अधिकार हो, तर हामीले थप गर्न सक्ने अवस्था छैन', उनले भने’, ‘असारमा डाउनलिङ अनुमति नवीकरण गर्दा सबै च्यानलले तोकिएको सयममा क्लिन फिडमा जाने शर्त स्वीकार गरि सकेका सकेका छन्, यदि कोही पछि हट्छन भने कानुनअनुसार च्यानलको प्रसारण रोकिन्छ ।’

मन्त्रालयका अनुसार क्लिन फिड नीति लागु गर्न आवश्यक सबै उपकरणहरु सूचना तथा प्रसारण विभागमा राखिएको छ भने सुरुवाती चरणमा क्लिन फिड लागु भएनभएको त्यहीबाट अनुगमन हुनेछ । 

यता विज्ञापन गुरु निर्मलराज पौडेल तोकिएकै समयमा क्लिन फिड लागुको विकल्प नभएको बताउँछन् । कात्तिक ८ भित्र  विज्ञापन बोर्ड गठन हुन नसकेको खण्डमा क्लिन फिड  लागु भएपछि बोर्ड गठन हुने र तत्कालका लागि मन्त्रालयका केही कर्मचारीबाट  काम गराएर भए पनि  क्लिन फिड लागु हुने उनको भनाई छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved